|
|
►
Bishesh |
By: मनोज गजुरेल |
यात्रा संस्मरण: नयाँ नेपालको काठमाण्डौको कोलाहलपूर्ण वातावरणले वाक्क भइसकेको थिएँ । केही साथीभाइहरुका साथ मेरो जन्मथलो ताप्लेजुङ घुम्न जाने सहमति भयो । वैशाख २९ गते हामी कावेली यातायातको एयरकन्डिसनर बसमा चढेर ५ थरको थर्पुसम्म पुग्यौं । त्यहाँबाट मर्सिडिज बेञ्जकार चढि सिनाम,तेल्लोकहुँदै खेवाङ् पुग्दा साँझको ७ बजिसकेको थियो । त्यसैले बसपार्क छेवैमा रहेको थ्रि स्टार होटल ‘गुरास’मा बास बसियो । सुत्नु अघि ‘माइ संसार डटकम’का मित्र उमेशजीले छतमा गएर थुप्रै स्नेप लिनु भयो । ५ बर्षअघिसम्म टुकीको अध्यारोमा जीवन खोज्ने त्यो दुर्गम गाउँमा झमल्ल बिजुली, ठुल्ठूला बिल्डिङ देख्दा लाग्दथ्यो-स्वर्ग भनेकै यही हो । सबैभन्दा आश्चर्यको कुरा त २० बर्षअघि आफैलें भेडा चराएको मेहेलेको डाँडामा रेल दौडेको देख्दा म कतै सपना त देखि रहेको छैन भन्ठानेर झसंग भएको थिएँ !
(ताप्लेजुङ्को बिकट गाउँ मेहेलेबाट कञ्चनजंघा जाँदै यांगरुप रेलवे)
भोलिपल्ट बिहानै मेरो जन्म गाउँ मामाङ्खे जानका लागि तयार भयौं । हाम्रो सबै लगेज अघिल्लो टेक्सीमा गइसकेको थियो । होटल मालिक सिर्जन दहालले आफ्नै सेन्त्रो कारमा मामाङ्खेसम्म लगिदिने बचन दिएकाले हामी उनकै गाडीमा चढ्यौं । सागादिन,भञ्ज्याङ डाँडा, सिबुवादिनहुँदै कावेलीको हाइपावर ब्रिज क्रस गरेर हाम्रो गाडी मामाङ्खे प्रवेश गर्दा गौरवले मेरो मुटु ढक्क फुल्न पुग्यो ! कठै, हाम्रा बा आमाले यो दिन सपनामा पनि सोचेका थिएनन् होला कि खुट्टा पट्पट् फुटाएर हिड्ने त्यो अनकण्टार पहाडमा एकदिन संसारकै महंगो गाडी दौडनेछ भनेर ! ७ दिन हिडेर बिजनबारीबाट ढाकरमा नुन बोकेर खाने ठाउँमा एकदिन सुनको होलसेल पलसहरु खुल्नेछन् भन्ने मेरा बाजेले सायदै सोचेका थिए होलान् !
एकदिन मामांखेमा बिताएर हाम्रो टिम भोलीपल्ट कञ्चनजंघा बेस क्याम्पसम्म जान तयारी गर्न थाल्यो । मेहेलेबाट आउने स्थानीय ट्रेनमा चढेर याम्फुदिन पुग्ने र त्यहाँबाट ट्राञ्जिट गरी ओलाङ्चुङ् गोलाबाट आएको कञ्चनजंघा एक्सप्रेस चढेर बेसक्याम्पसम्म पुग्ने काम
(लेखकको जन्मगाउँ खेवाङ्स्थित ५ तारे होटल गुराँस)
भयो । बेसक्याम्पमा एकरात बिताएर भोलिपल्टको बुलेट ट्रेनचढेर हामी ओलाङ्चुङ्गोला आइपुग्यौं । यात्राका सहकर्मी साथी नेपाल एचके डटकमका अमोद राईले भनेः ‘एकपटक ताप्लेजुङ् बजार घुमेर आउनु पर्यो ।’ हामी पाथिभाराको फेदीबाट ओलाङ्चुङ्गोला जोड्ने केवलकारमा चढ्यौं । तल जमिनमा देखिएका दृश्यले हामीलाई तानिरहेको थियो । पर कतै तमोरमा दौडिरहेका मोटरबोटतर्फ संकेत गर्दै नेपाली पोष्ट डटकमका सम्पादक गिरिश पोखरेलले भनेः ‘यीनिहरु बंगालको खाडीबाट संखुवासभा जोड्ने फुच्चे पानी जहाज हुन् ।’ केवलकारबाट देखिने धनकुटा,संखुवासभा, चैनपुर बजार, भोजपुरको टक्सार, सल्लेरी जस्ता गाउँहरुमा झलमल्ल बिजुली र अग्ला अग्ला घरहरु साँच्चीकै रहर लाग्दा देखिन्थे । १० मिनेटमा सबै दृश्य कैद गर्न नसक्दै केवल कार घच्याक्क रोकियो, ‘आना न्यूज’का कुमार श्रेष्ठले भनेः ‘ल पाथीभारा माइ, रक्षा गर हामीलाई ।’ केवलपार्कबाट करिव २मिनेटको ट्राम चढेर हामी मन्दिर पुग्यौं र दर्शन गरिवरी खोसाली

(ओलाङ्चुङ्-पाथीभारा जोड्ने पाथीभारा केवलकार, पृष्ठभूमिमा ताप्लेजुङ् बजार)
(खोकलिङ्, सावादिन र लिंखिम गाबिसको पहाड खारेर बनाइएको एयरपोर्ट-खोसाली )
अन्तराष्ट्रिय एयरपोर्ट, ताप्लेजुङ्बाट झापाको मेची एयरपोर्टमा उत्रियौं । झापाको बाहुनडाँगीबाट धरान हुँदै चतारा जोड्ने ‘चुरे रेलवे चढेर’ हामी धरान पुग्यौं । धराने युवा तथा ‘एभरेष्ट एचके डटकम’मा किशन राइले साहै भोक लाग्यो भनेपछि फुस्रेमा रहेको ‘म्याकडोनाल्ड’मा खाजा खान गयौं । कुनैबेला यसको ट्रेडमार्क लिनैमात्र पनि लाखौं लगानी गर्नुपर्नेमा अहिले त्यहीं धरानमा ‘म्याक’को पसल छ भन्दा बिदेशमा लामो समयदेखी बस्दै आएका मित्रहरुले बिश्वास नगर्न सक्छन् । तर तर यथार्थता यही हो । अन्तराष्ट्रिय स्तरको ‘म्याकडोनाल्ड’मा नेपाली स्वाद थपेर बनाइएका परिकारहरु खान सयौं बिदेशीहरु ओइरिने म्याकडोनाल्ड नेपालका कन्ट्री डाइरेक्टर जुद्धबहादुरले बताए ।
खाजा खाएपछि हामी सप्तकोशी किनारमा रहेको नेपालको पहिलो ‘समुन्द्री बन्दरगाह ‘ हेर्न जाने निधो भयो । ‘राजेश केसी डटकम’का राजेश केसी फोटो खिच्न यो सुनेर हौसिए । हामी टेक्सी चढेर सिधै ‘मूलघाट अन्तराष्ट्रिय बन्दरगाह ‘ पुग्यौं । परिपटि धनकुटाको पहाड, वारीपट्टी सिंगापुरबाट गाडीहरु जहाज ल्याइएका गाडीहरु अनलोड गरेर लहरै राखिएका थिए ।

(तमोर नदीको किनारमा अवस्थित बिश्वप्रसिद्ध म्याकडोनाल्ड )
लाग्दथ्यो भुपरिबेष्ठित मूलूक नेपालमा यस्तो दृष्श्य एउटा कल्पनामात्र हुनेछ । तर प्रतिबद्धता र एकता भएपछि असम्भव केही रहेनछ । बंगालादेशको फुलबारी नाकाबाट बिहार हुदैं बिशाल जहाजहरु सप्तकोशीबाट बिस्तारै मूलघाट बन्दरगाहसम्म आउँदा रहेछन् । त्यहाँबाट ट्राममा भोजपुर, धनकुटा, संखुवा सभासम्म सामान लानेको घुँइचो थियो भने पश्चिम नेपालमा सामान लैजान मालबाहक ट्रकहरु लाइनै बसिरहेका थिए ।
मूलघाटबाट हामी सिधै ‘एकता एक्सप्रेस चढेर’ हेटौंडा आयौं । दिनभरी नेपालकै ठूलो फनपार्क ‘हेटौंडा डिजनेलैण्ड’मा घुम्यौं । ‘फ्री नेपाल डटकमका’ दिनेश बस्नेतले चितवनको गैंडाकोटम

(धनकुटा र सुनसरी सिमानामा रहेको नेपालको एकमात्र बन्दरगाह)
रहेको एसियाकै ठूलो डेरी हेर्न जाने अनुरोध गरे । सल्लाह अनुसार हामी त्यहाँ पूग्यौं । भारत, पाकिस्तानबाट चिज लिन आएका स-साना जहाजहरु पार्किङ् गरिरहेका थिए । धमाधम चिजका भारीहरु जहाजमा लोड गरिरहेका एकजना मजदुरलाई ‘हाम्रो ब्लग’का के.पी.ले सोधें: ‘ह्वायर आर यु फ्रम ?’ उसले भन्यो : ‘आइ एम फ्रम अमेरिका ।’ मैले छक्कपर्दै सोधें: ‘ नेपालमा अमेरिकि मजदुर !’ ‘फिल्म नेपाल डटकम’का प्रवेश सुवेदीले भने: ‘दाइ, यहाँ अमेरिकामात्र हैन, युरोप, अष्ट्रेलियादेखी मजदुरी गर्न आउँछन् कुहिरेहरु ।’ मनमनै भनें: ‘उबेला नै हाम्रा नेताहरुको बुद्धी पुगेको भए हाम्रा हजारौं नेपालीहरुले बिदेशमा मर्नु पर्दैनथ्यो !!’
साँझको ६ बजिसकेको थियो । ‘एचके नेपाल डटकम’का पशन तमुजीले भनेः ‘म त यतैबाट पोखरा जाऔं कि क्या हो ।’ ‘ नेपाल न्युज डटकम’का

(हेटौंडाको राईफल डाँडास्थित हेटौंडा थानकोट सुरुङ्मार्गको प्रवेशद्धार)
हुमागाईंजीले तातोपानी जाने प्रश्ताव राखेपछि हामी मुगलिनतिर लाग्यौं । ‘डि.सी.नेपाल डटकम’का रामहरीजीले प्याच्च भने: ‘लासा जानु कुतीको बाटो ! खुरुक्क हेटौंडाबाट आधा घन्टामा पुगिने ठाउँमा किन घुम्नु तेत्रो लामो बाटो ?’ नभन्दै हामी हेटौंडा पुगेर थानकोट हेटौंडा सुरुङ्मार्गबाट काठमाण्डौ आईपुग्दा ७ मात्र बजेको थियो । माइ संसार डटकमका उमेशजीले ठट्टा गरे: ‘म कतै सपना त देखि रहेको छैन, मलाई चिमोट्नोस त साथीहरु !’ सबैजना गलल्ल हास्यौं ।
हामी नगरकोट तातोपानी सुरुङमार्गबाट राती नै तातोपानी पुग्यौं । बाफ रे, कहाँ उहिलेको तातोपानी रहेछ र !! अग्ला अग्ला घरहरु, घरको छतमा जोडिएका डिस एन्टेनाका बग्रेल्तीहरु, पारी खासा बजारको रौनक- यो सबै देख्दा लाग्दथ्यो- म
 (सिन्धुपाल्चोकको तातोपानी बजार (दाँया) र चाइनाको खासा बजार (बाँया))
त्यही सिन्धुको तातोपानीमा हैन, स्विजरलैण्डको कुनै रमाइलो काउन्टीमा छु ! ट्राम चढेर खासा गयौं, खासाको डाँडोमा रहेको ‘भ्यु टावर’बाट बेइजिङ र ग्वान्झाउ हेरेपछि केही साथीहरु एकैछिन त्यतै हराए, हामीले मनमनै सोच्यौं: ‘ हामी पनि उमेर हुँदो हो त एकछिन यसरी नै हराउथ्यौं होला !’ राती बाह्रबजे तातोपानी झर्दा अझै त्यहाँ डिस्को र पवहरु बन्द भएकै थिएनन्, हामी नेपालको त्यो अन्तराष्ट्रिय बजारमा रातभर रमायौं र भोली पल्ट काठमाडौंहुँदै पोखरा अन्तराष्ट्रिय एयरपोर्टमा उत्रियौं ।
हामीलाई पोखरा घुमाउने जिम्मा ‘एनआइटिभी नेटवर्कका’ कमल अधिकारीले लिएका थिए । पत्रकार चन्द्र खाकी र खिलबहादु भण्डारीले ग्लाइडर चढने जिद्धी गरे । मपनि उनिहरुसँगै मिसिएँ । हाम्रो ग्लाइडर बागलुङ्को गल्कोट, म्याग्दीको बेनी, फलेवास, स्याङ्जा हुँदै मध्यपश्चिमका पहाडहरुमा उड्न थाल्यो । प्युठानको रातामाटाको आकाशमाथी उडिरहेको हाम्रो ग्लाइडर ह्वात्तै रोल्पाको आकाशमा पुरयाएका पत्रकार सुर्य थापाले भने: ‘सातो गयो कि

(पोखरा लेक साइटको रात्री दृष्य तथाहोटलहरु र हेर्नुहोस् इन्सेन्टमा मोटरबोटमा लेखक)
क्या हो ?’ साँच्चैमा पनि त्यत्रो स्पिडमा लैजादा कसको मुटु नकाम्ला ! सिस्नोपानी अध्यक्ष लक्ष्मण गाम्नागेले सम्हालिंदै भनेः ‘छैन, छैन ।’ हाम्रो मन कन्ट्रोलगर्दै खिलबहादुरजीले भने: ‘बुझ्नु भो, उ त्यो ठूलो १९ तले बिल्डिङ् छ नि, त्यो ठाउँमा एउटा गोठ थियो पहिले, हामीले त्यहींबाट गणतन्त्र रेडियो चलाएका थियौं त्यसबेला । मैले लिस्ने लेकमा दौडदै गरेको रेलतर्फ संकेत गर्दै सोधें: ‘त्यो के हो ?’ खिलबहादुरजीले भने: ‘त्यो ‘सिज एक्सप्रेस ‘ हो, यहाँबाट सिधै दार्जुला सम्म चल्छ ।’ उनले यो पनि थपे कि ‘उहिल्यै भुमिगतकालमा हामीहरु तबाटो हप्तौंसम्म भोकभोकै हिडेका छौं ।’ मैले भनें: ‘त्यो त कथा भयो अहिले । बरु अब फर्कौ ।’ हामी सिधैं लुम्बिनी अन्ताराष्ट्रिय एयरपोर्टतिर
 (सिंगो नेपालको गौरवः पुर्व-पश्चिम तराइ जोड्ने एकता एक्सप्रेस)
हानियौं । संसारभरीका पर्यटकहरुको आगमनको एयर ट्राफिकले गर्दा एयरपोर्टको आकासमा आधा घन्टा आकाशमै घुमेको घटना कम स्मरणीय छैन । त्यहाँबाट तराइको भाग्य फेर्ने ‘एकता एक्सप्रेस रेलवे’ चढ्यौं । यो एक्सप्रेस रेल सेवा झापाको काकभिट्टा देखी महेन्द्र नगरसम्म चल्ले द्रुत सेवा हो । काकडभिट्टाबाट अन्तिम गन्तब्यसम्म मात्र २ घन्टामा पुर्याउँछ यसले । सिस्नुपानीका साथी धिरेन्द्र प्रेमर्षि भन्दैथिएः ‘एकपटक विश्व मैथिलि सम्मेलनमा भागलिन यो बाटो म धनगढी जाँदा १२ घण्टा लागेको थियो ।’ उनको कुरा सुनेर सबैजना गलल्ल हाँसे । किनकि १ घन्टा २९ मिनेटमा ‘एकता एक्सप्रेस’बाट हामी महेन्द्र नगर पुगी सकेका थियौं । हिमाल खबरपत्रिकाका शिव गाउलेको भनाईले झनै रमाइलो बनाएको थियो । उनले भनेः ‘हामी ताप्लेजुङ्बाट झापा बसार्ँइ आउँदा ७ दिन हिडेर आएका थियौं, अहिले ‘कावेली- बर्ने सुरुङ्मार्ग’बाट ५५ मिनेटमा झापा आइ पुगिन्छ ।’ सहमतीमा नेपाली पोष्टका गिरिश पोखरेलले टाउको हल्लाए ।
 (हुम्लामा अबस्थित पुर्वराजाको लगानी रहेको कमर्सियल कम्प्लेक्स)
समय अभावकारण जुम्ला जाने कर्णाली सुरुङ्मार्ग तथा हुम्लामा रहेको पूर्व राजाको लगानीमा खोलिएको आकर्ष जि कम्प्लेक्स प्रतक्ष हेर्न नपाएपनि हेलिकप्टरबाट फोटो भने खिच्न भ्याईयो ।

(आकाशबाट खिचिएको कर्णाली टनेलको एक दृश्य )
रातभरी महेन्द्र नगरको फाइभ स्टार होटलमा रमाइलो गरियो । ट्रेनमा इन्टरनेट कनेक्सन डिर्स्र्टब भएकोले यहीबाट यो यात्रा स्मरण अपलोड गर्दैछु । भोली हामी यहाँबाट दार्चुलाहुँदै ‘एभरेष्ट बुलेट ट्रेन’बाट सगरमाथा आधार शिबिरमा जाँदैछौं । भोलिको ब्लग त्यहीबाट अपलोड गर्ने छु, भने यात्राको भिडियो काठमाण्डौ पुगेर राख्नेछु भनेर भन्नेदिन कहिले आउला मित्रहरु ?????
(सबै तस्विरः जनोम लरेजुग )
www.lodamad.moc.pn
(तपाई यो रुटबाट पनि जान सक्नुहुन्छ ।)
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
deepak subedi writes: Posted on 7/27/2007 | | manoj ji tapai lai pahilata dhanne bhat chha .........manoj ji tapai le yash bisaya ma sarai nai man chhune nepal dhekhau nu bhaya ko rahe chha ra (hamro nepal)lai yastai soch bhayako liders parkhai ma chha |
| manoj giri writes: Posted on 7/27/2007 | | manoj ji u doing realy good job , just we can imaginations,, |
| thiru parajuli writes: Posted on 7/17/2007 | | haaaaaaaaaa hamra panati ko pala ma that is i m possible..........?///
|
| yeskay writes: Posted on 7/2/2007 | | naya nepal....i wish i could just read those first parts and believe that our nepal has advanced so far....but anyway, at least you thought of that....most of the nepalese have given up their hope to see a better nepal....lets discuss about making it true.... i hope everybody will help....lets do it!!! |
| parsu writes: Posted on 6/26/2007 | | i like it |
| buddha geg writes: Posted on 6/25/2007 | | मनको लड्डु घिउ सँग खाय जस्तो भयो नि दाइ |
| Ramchandra dDahal writes: Posted on 6/23/2007 | | very nice your emage. i hope that next time also i will read same like this image ok. thank
RAMCHANDRA DAHAL |
| Manoj/Chiang mai writes: Posted on 6/17/2007 | | Kati Lamo Comment ? !? Chhoto Mitho typeNus na ! Taso gare kaso hola ?? |
| Torilahuray writes: Posted on 6/13/2007 | | Manoj jee Everthing good if the new generation will start to do something It will be "sapana ko sansar" but K garne those old people kahile marne hun, pahile tini mareko kalpana garnus 205 ma kati jana mare ani balla they don't want to leave chair, |
| ramesh kaji bhandari writes: Posted on 6/11/2007 | | gajurel dai ko man ra sochaai ko naya nepal lai hami sabai lepali haru le yatharthaa ko naya nepal banaunu parchha tesai le sabai bhanda pahile mao badi jana sena lai desko khulla naka haru ma desko sima army banuna parchha ani pratek nepali le 2 barsa bina sulk des ko sewa garera matri naagaritaa paune sistem garnu parchha ani matri naya nepal ko nirmaar hunchha..............ramesh kaji bhandari from-south korea ... |
| deepak dhakal writes: Posted on 6/7/2007 | | Manoj g tapaiko nay nepal ko kalpana dekhera sarhai nai khusi lagyo.ma ta 1 barshama nai nepal yatika paribartan bhai sakechha bhanera sarhai aachamma lagyo.sayad tapaiko yo kalpana prachanda ra girija lai pani dekhaunu parchha hola. |
| Jagendra Chhantyal writes: Posted on 6/7/2007 | | Mero adarniya mitra Manoj,
Namaskar!Maile dekheko sapana pani tapaile dekhekojastai ho.Ma kalakar wa chitrakar ta hoina tara pani ma sadhai nai hamro desh bikashit bhaeko dekhna chahanchhu.Farak teti ho mero sathma abhibyakta garne sadhan srota uti sajhaj chhaina.Pararai Koteswarko Swarnim Tara school ma hamro bhet bhako bhane yo lekhale taja yaad garayo.Ma Koreama chhu kehi samayako lagi.Unai korean Daiko kamputerma yi sabda kordai chhu.
Tapailai sadhai samjhi rahane
Uhi Jagendra Chhantyal, |
| M artha Hyun Lee writes: Posted on 6/4/2007 | | Dear sir Manoj,
Greetings!I hope my mail will find all of your team in best of your health.According to the description of our Guru Jagendra Dai from west Nepal,the landscape of Nepal and Korea are similar.He said Nepali land has hard rocks which we generally do not have.May your dream come true that every one will come to seek job in Nepal.My husband has already written about what he wanted to say.You know,he is a good historian!What I remember is only that we were also poor one day and it was because of wrong management of workforce and wrong allocation of funds and resources,bad leadership etc.Once Nepal gets a good steward,one who really dies for the nation,no Nepalis will have to come Korea for job.Instead many Koreans will get job there as trainer Enginnners,architects and doctors.Hope that day will come very soon.In Jesus name.Amen!
-Martha Didi |
| James Hong Lee writes: Posted on 6/4/2007 | | Dear Manojnim,
Chuppo Saramhamnidah!You have envisioned a great vision for your country.I asked my interpretor to explain some technical things in the language you have used andfound that Nepal needs leaders like you.Learn from my country Korea.During the 1955-60 there were few koreans as rich as todays Nepalis.There would be no rice in our plates and we had to tie a rope upon our stomach;not to feel weak.We had to go to work in Miguk or in the Arabean countries.We collected all the money and used it under our new generation centralised leadership.We disciplined ourselves to a greater extent and in 40 years we showed the world what we had.If gone in the way we walked ,Nepalis can make Nepal the paradise in the Earth in 20 years.I say this because Nepalis can work more than the Koreans of 1960s.Nepalis,you have really enough strength to do it.But remember the old leadership can not lead the economy.If you give this responsibility to the old leadership,they willlead it to their bank account.
You need to select a leader who can lead nepal selflessly,with an iron heart,who can persevere the international pressure and tackle the international contradiction of the nation with perseverance,who can choose his successor not on the basis of kinship but on the basis of quality one has.
Khamchamidah! |
| LAXMAN writes: Posted on 6/4/2007 | | nothing bad
if the young generation will start to do something sure it will be success
but those old people dnt want to leave them chair |
| kiran writes: Posted on 6/3/2007 | | manoj jeee tapai ko new nepal ko kalpana ta german bhanda pani agadi gaisake ko dekhiyo yati sochnu pani hamro desh ko lagi dulo kura malai chai aati ramro lago hamro nepal pani yoo bhandha kamchai na banaune |
| Prem writes: Posted on 6/3/2007 | | hey,hey (Maiyanath)O' sorry Manoj! sorry to i say your secret name why i know because we study together pathri school. and thanks fro your imagine of new geration of 3G,Nepal it is going to happen or not but what did you done for nepali and nepal by your imagine it is i proud of you, manoj ji feri pani (maiyanath) ji tapai sanga ta tapaikai studio ma baser gaf garna man lageko thiyo. |
| Bhishma K Bhusal writes: Posted on 6/3/2007 | | It is an excellent imagination. Let's wish an incarnation of a leader having such idea and people with cool mind and fully believing on labor, faith and brotherhood. |
| rohit pokharel writes: Posted on 5/31/2007 | | wahiyat,yesto pani hunchha kahi,nepal jasto young confused lost[ycl] maoist,forum ,janatantrik jasta daka huru baseko deshma,pheri girija pm ha.....ha.... |
| tony gautam. writes: Posted on 5/30/2007 | | Ma ta babal chhakka parera pani double pwakka pare bhannya.E baba, kasto bhran ho yo, nepal ko ho ki Newnepaljiland ko ho.Ma ta soche ki ma pani aba tyahaan ghumna janchhu tara jhannai pattttttttttmurkha bhaiechha bhanya.Sabai sapana po raichha,jaane sapana chilimchwaat bhayo yar Manoj ji k ho yasto? |
| Lok writes: Posted on 5/30/2007 | | Excellent imagination and more excellent presentation.. i am really pleased reading this article and for 5 minutes i was believing this as truth.. Its really a very shameful that our country leaders can't think of these things. At least every nepali should read this article once..... |
| suman writes: Posted on 5/29/2007 | | everybody has to think and has to do somethink good to get this think thanx bro |
| Binod writes: Posted on 5/29/2007 | | I liked it. |
| Umesh writes: Posted on 5/28/2007 | | wow dai mali pani yo sapan dekhan man lgayoo |
| keshri writes: Posted on 5/27/2007 | | naya nepal ko kalapana ramro garnu bhayako ra6 . aba new couple ko kasto life hunu par6 imagination garer pheri pachhi dekhaunuhola
|
| Manoj writes: Posted on 5/26/2007 | | Euta Kura Chuteko Chha - HUMAN ZOO ! Purano Nepal ka Vrasta Neta/Samanti Ra Phataha/Aparadhi Sasak - 3 Section.
|
| भोगटे writes: Posted on 5/26/2007 | | प्रयास सराहनिए छ, बिशेशत: फोटोसपमा कसले चलेको हो उसलाई धन्यबाद्
किप इट अप् |
| tej bahadur thapa writes: Posted on 5/26/2007 | | COMADY KING:
EXCELLENT/I CANT NOT GUES UR SUPER MIND.
THANKS |
| deepak devkota writes: Posted on 5/26/2007 | | tapain ko jasto sundar kalpana ko kihi bhag matra bhaya pani hamra neta haru lai aayako bhaya kehi ta hunthyo hola |
| Rajesh sapkota writes: Posted on 5/26/2007 | | ma ta nepal ma yasto pany 6 ta bhanara aachama ma 6u bhanako? |
| Chongbang writes: Posted on 5/25/2007 | | Dear Manoj Gajurel,
How about putting the duo bylines in this article - By Manoj Gajurel, and Original Idea By Rituraj? Now you have understood what I mean, haven't you? :-) |
| razan writes: Posted on 5/25/2007 | | oh di what have u done? dont let poltical leaders to know about it coz they will give the same dream to the poor nepali citizen and win the vote again and make nepal a beautiful place like somilia
|
| sonhi tamang writes: Posted on 5/25/2007 | | very good one manoj dai thanks
|
| trilok writes: Posted on 5/25/2007 | | aula dai aula tapai ko photo kai naya nepal ta bisal rahecha tapai ko video ko naya nepal ko ta kalpana garnai nasakiyela...jasto chha?ha ha photo ta ayi pugyo aba vedeo pani layaunuhuncha holla...ki kaso? |
| |
|
|
|
|
|
|
|